कावासोती नवलपुर , १४ पुष । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ), नवलपुरकाे प्रचण्ड-माधव पक्षले अाज कावासाेतीमा असंवैधानिक कदमकाे बिरूद्ध बिराेध कार्यक्रम गरेकाे छ । प्रधानमन्त्री के पि अाेलीले चालेकाे कदम असंवैधानिक भएकाे र यसलाई जसरी पनि खारेज गर्नु पर्ने, माग सहित प्रदर्शन गरिएकाे थियाे । पुष्पलाल चाेकदेखि सुरू भएकाे नाराजुलुससहितकाे र्याली कार्यक्रम फलफुलचाेकमा पुगेर काेणसभामा परिणत भएकाे थियाे । कार्यक्रममा केन्द्रीय सदस्यद्वय किशन शर्मा गैह्रे र रविन्द्र अधिकारी, संविधान सभा सदस्य कृण्ण पाैडेल र प्रदेश कमिटि सदस्य सुष्मा खनालले सम्बाेधन गर्नु भएकाे थियाे । कार्यक्रममा संविधान सभा सदस्य कृण्ण पाैडेलले के पि अाेलीले पटक पटक धाेका दिएकाे, पार्टी कमिटिलाई छल गरेकाे अाराेप लगाए । यसै गरी केन्द्रीय सदस्य रबिन्द्र अधिकारीले अब अान्दाेलनकाे सुरूवात भएकाे बताए । याे पार्टी अान्दाेलनबाट अाएकाे र अब अान्दाेलनबाट नै पार्टीलाई बलियाे बनाउने उद्घाेष गरेका थिए । पूर्व एमाले र पूर्व माअाेवादी नभनि कम्युनिष्ट अान्दाेलनमा हाेमिन सबैमा अाग्रह गरेका थिए । त्यसै गरी अर्का केन्द्रीय सदस्य किशन शर्माले पार्टी भन्दा बाहिरका मान्छेले, नेपालका २२ दल राजनीतिक पार्टी, विभिन्न संविधानविद्हरूले पनि प्रधानमन्त्रि अाेलीले चालेकाे कदम असंवैधानिक भएकाे भनेका छन् । त्याे असंवैधानिक कदमकाे विरूद्ध जिल्ला, नगर, वडासम्मै पुराउने बताएका छन् । जनप्रतिनिधि भएर चुनिएकालाई असंवैधानिक कदमकाे पक्षमा लाग्ने अधिकार नभएकाे बताएका छन् । प्रदेश सचिवालय सदस्य तथा जिल्ला सचिव मित्रशरण शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन प्रदेश कमिटि सदस्य धनप्रसाद सापकाेटाले गर्नु भएकाे थियाे ।
प्रचण्ड माधब समुहको प्रदर्सन कावासोतीमा सम्पन्न