काठमाडौं । चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले ‘सर्च अपरेशन’ चलाएपछि रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले ३५ करोड जम्मा गरेका छन् ।उद्योगीले मिल्सको खातामा ३५ करोड रुपैयाँ जम्मा गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रातोपाटीलाई बताए । उनले भने, ‘आजबाट उखु किसानलाई वितरण गर्ने कार्यतालिका बनाइएको छ ।’उखु किसानको बक्र्यौता नतिरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका चारजना मन्त्रीले चिनी उद्योगीलाई पक्रने निर्णय गरेका थिए । सो निर्णयपछि प्रहरीले त्यस्ता उद्योगीविरुद्ध ब्यापक ‘सर्च अपरेशन’ चलाएको छ ।श्रीराम सुगर मिल्सका सञ्चालक विशाल अग्रवालसहित ३ जना विरुद्ध जिल्ला अदालत रौतहटबाट पक्राउ अनुमती जारी गरिएको छ । ‘ठगी मुद्दा’मा विशाल, अर्का संचालक हितेश गोल्छा र मिल्सका कार्यकारी निर्देशक पदमकान्त झा विरुद्ध पक्राउ पुर्जी जारी भएको रौतहटका एसपी सिद्धीविक्रम शाहले बताए।
श्रीराम सुगर मिल्सको खातामा ३५ करोड डिपोजिट, आजबाट उखु किसानलाई वितरण