खगेन्द्र पराजुली, ७ भदौ, नवलपुर । नवलपुरको बिनयी त्रिबेणीका १ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । हिजो शनिवार राती प्राप्त नतिजा अनुसार बिनयी त्रिबेणी ६ की ७५ बर्षकी एक जना बृद्धा महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशवप्रसाद चापागाईका अनुसार रुघाखोकी र ज्वरो आएर भरतपुरस्थित मेडिकल कलेजमा भर्ना भएकी ती बृद्धाको स्वावमा कोभिड संक्रमण पुष्टि भएको हो । हिजो शनिवार ती महिला सहित ४ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाईएको छ । यसअघि शनिवार गैंडाकोटका एक जना ट्रक चालक र दुई जना अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । योसँगै नवलपुरका कुल संक्रमितको संख्या ३ सय ८७ पुगेको छ ।
विनयी त्रीवेणिकि ७५ वर्षीय महिलामा कोरोना संक्रमण