उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय परिसरमा बम बिस्फोट भएको छ । शनिबार राति एक बजेको समयमा अज्ञात समूहले बम बिस्फोट गराएका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बम बिस्फोटबाट कार्यालयको कम्प्युटरका साथै टेबल, कुर्सीलगायतका फर्निचरमा क्षति पुगेको छ । बम कार्यालयसँगै नागरिक वडापत्रबोर्ड नजिक बिस्फोट गराईएको थियो ।
प्रहरीले घटनास्थल नजिकै एउटा बम पनि फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले बम डिस्पोजल टोली बोलाई बम निष्कृय पार्ने काम भईरहेको छ । उक्त बम कुन उद्देश्यले किन राखियो भन्ने नखुलेपनि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
- साभार नेपालन्युज