कावासोती ,मंसिर ४।पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष तथा कान्तिपुर रास्ट्रीय दैनिकका उप-संपादक नारायण शर्मा चापागाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ।कार्तिक २७ गते गैडाकोटमा गरिएको स्वाबको पोखरामा परिक्षण गर्दा ३० गते नतिजा पोजेटिभ आएको बरिस्ठ पत्रकार शर्माले जानकारी दिए।आफ्नो रिपोर्ट पोजेटिभ आएपनी आफुलाइ कुनै लक्षण नदेखिएको र स्वास्थ अवस्था पनि सामान्य रहेको शर्माले बताए। कोरोना संक्रमित भैसकेपछी हालसम्म आफू होम आइसोलेसनमा रहेको र आज रजहर स्थित अस्थायी कोरोना हस्पिटल प्राकृतिक चिकित्सालय जाने तयारी रहेको उनले बताए।नवलपुरबाट लामो समयदेखि पत्रकारिता गरिरहेका शर्मा पत्रकार महासंघ नवलपरासीका अध्यक्ष भैसकेका छन भने नवलपुरको पत्रकारीता इतिहासका एक धरोहर समेत रहेका छन।
पत्रकार नारायण शर्मामा कोरोना संक्रमण