खगेन्द्र पराजुली, ६ भदौ, नवलपुर । नवलपुरका थप २ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कुल संक्रमितको संख्या ३ सय ८५ पुगेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार भरतपुर अस्पतालबाट संकलन गरी परीक्षण गरिएको गैंडाकोट वडा नं. १ का ३६ बर्षकी महिला र भरतपुरस्थित सीएमसीबाट संकलन गरिएको स्वावमा गैंडाकोट वडा नं. ५ का ३० बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । नवलपुरका स्वास्थ्य प्रमुख केशवप्रसाद चापागाईले संक्रमण पुष्टि भएका उनीहरु बिरामी भई अस्पताल गएका हुन् वा कुरुवा आफन्ती हुन् वा स्वास्थ्यकर्मी नै हुन् भन्ने एकिन नभईसकेकाले सो बिषयमा बुझ्ने काम भैरहेको बताएका छ्न । अहिलेसम्म नवलपुरका कुल संक्रमितमध्ये ३ सय ३० जना भने संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हिजो शुक्रवार पठाईएका प्राकृतिक चिकित्सालयको आईशोलेशनमा उपचाररत १० जना संक्रमितको पुनः परीक्षणको रिपोर्ट आज शनिवार आउन सक्ने चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलले जानकारी दिएका छन ।
नवलपुरमा थप दुइजनामा कोरोना संक्रमण पुष्टि