नारायण प्रभु२८-कात्तिक। नवलपुर कावासोती ५ मा रहेको लर्ड बुद्द एकेडेमीले दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ। पछिल्लो समय कोबिड -१९ का कारण बिद्यालयहरु बन्द भैरहेको अवस्थामा अबका दिनमा कसरी सहज तरिकाबाट बिद्यालयहरु संचालन गरी बिद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बिषयमा कार्यक्रममा छलफल गरिएको छ। लर्ड बुद्द एकेडेमीका प्रबन्ध निर्देशक रमेश अधिकारीले आयोजक बिद्यालयका तर्फबाट बिषय उठान गर्दै अबका दिनमा कलिला बालबालिकाहरुको भविष्यलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बिषयमा आफ्ना बिचार प्रस्तुत गरे। कार्यक्रममा बोल्ने प्रायः बक्ताहरुले निजि बिद्यालयहरुलाई नगरपालिकाले उपेक्षा गरेको आरोप लगाएका छन भने समयानुकुल शिक्षालाई परिवर्तन गर्नुपर्ने उनीहरुको भनाइ रहेको छ। कार्यक्रममा बोल्दै नगर शिक्षा अधिकृत राजन पाण्डेले अहिलेको समय प्रतिकुल भएका कारणले गर्दा भने जस्तो उपलब्धी हासिल गर्न नसकेको स्विकार गरे।उनले यस्तो विषम परिस्थितिमा एकले अर्कालाइ आरोप प्रत्यारोप नगरिकन सबै स्थानीय तह, शिक्षक, अभिभावक मिलेर नै बालबालिकाको भविष्य निर्माणमा जुट्नुपर्ने धारणा व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथी कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले स्थानिय तहले निजि र सामुदायिक बिद्यालयलाई कुनै प्रकारको विभेद नगरेको जिकिर गर्दै आगामी दिनमा बिज्ञहरुसँग छलफल गरि यहाँको शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेट बिनियोजनमा ध्यान दिनेमा उनले जोड दिए। कार्यक्रममा कावासोती नगरपालिका वडा नं. ५ का अध्यक्ष हरि बास्तोला, प्याब्सन केन्द्रिय सदस्य दिपक लम्साल, प्याब्सन गण्डकी प्रदेशका उपाध्यक्ष हरिहर अधिकारी,प्याब्सन गण्डकी प्रदेशका कोषाध्यक्ष जगत प्रसाद भट्टराई,सिद्दार्थ मा.बि.का प्रीन्सिपल भोजराज दाहाल, नोबेल एकेडेमिका प्रीन्सिपल कृष्ण सापकोटा लगाएत कावासोती नगरपालिका भित्रका निजि बिद्यालयहरुका प्र.अ. हरुको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजीकरण बिकास थापाले गरेका थिए।
दिपावली विषेश शुभकामना तथा शैक्षिक अन्तरक्रीया कार्यक्रम सम्पन्न