खगेन्द्र पराजुली, ५ भदौ, नवलपुर । देबचुलीका २ जनामा संक्रमण पुष्टि भएको छ । यो सहित नवलपुरमा संक्रमण पुष्टि हुनेको संख्या ३ सय ८३ पुगेको छ । पछिल्लो प्राप्त बिवरण अनुसार देबचुली ७ का ४४ बर्षका र १७ का ४२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य शाखा देबचुलीका अनुसार भारतवाट आई क्वारेन्टाईनमा बसेका १ जना र ओमनबाट आएका १ जनामा संक्रमण पुष्टि भएको हो । देबचुली ७ का ४४ बर्षका पुरुष भारतको धार्चुलावाट आई भीमसेन माबि क्वारेन्टाईनमा बसेका र १७ का ओमनबाट आई होम क्वारेन्टाईनमा बसेकामा कोभिड १९ पुष्टि भएको हो । यहाँबाट संकलन गरेर पठाईएका १ सय ४ स्वाब नमूनामध्ये ८७ स्वाव नेगेटिभ २ स्वाव पोजेटिभ आएको हो । अझ १५ स्वाव नमूनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखा देबचुली प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिएका छन।
देवचुलिमा थप दुई जना कोरोना संक्रमित