राजेन्द्र महतो ५ भदौ, लहान । सिरहामा रुख ढलेर लाग्दा एकजना महिलाको मृत्यु भएको छ। सिरहाको कर्जन्हा नगरपालिका – ११ बगहा स्थित स्थानीय रिझन महतोको ६० वर्षीय पत्नी झकतारैन महतोको इपिल (घाँस)को रुख ढलेर लागेपछि मृत्यु भएको हो। उनी खेतमा काम गरिरहेको बेला हावाहुरी आउदा एक्कासी रुख ढलेर टाउकोमा लागेर टाउको फुटेपछि घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ। मृतकको शव पोस्टमार्टम लागि पठाइसकेको छ।
रुख ढलेर च्यापिदा एक जना महिलाको मृत्यु