पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।
पूर्वमन्त्री तथा भट्टराईकै पत्नी हिसिला यमी पनि संक्रमित भएको डा भट्टराईले ट्विटमार्फत जानकारी दिनुभएकाे हाे ।
डा. भट्टराईका अनुसार शुक्रबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएकाे हाे ।
डा. भट्टराईले ट्वीटरमा लेख्नुभएकाे छ, “हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं ! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ !”
भट्टराई केही दिन पहिले तराईका जिल्लामा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुभएकाे थियाे ।