उमेश बि.क / नवलपरासी , २ भदौ नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले पार्टिका उप-सभापति सुवाशचन्द्र गिरीकाे आत्माकाे चिर शान्तिकाे लागि १ मिनेट माैनधारणकाे अपिल गरेको छ । रामग्राम नगरपालिका वडा नं. २ घर भएका ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा काेराेनाकाे उपचारका क्रममा मगंलबार बिहान ६ बजे मृत्यु भएको हाे । उपचारको क्रममा पाटन अस्पताल ललितपुरमा गिरिकाे निधनप्रति नेपाली काङ्ग्रेस पश्चिम नवलपरासी अत्यन्तै मर्माहत भएको छ। गिरिकाे पार्थिव शरीर आज साझ ६ बजे पशुपति आर्यघाट काठमाडौंमा नेपाली सेनाद्वारा सम्मान सहित अन्त्येष्ठी गरिने भएको हुनाले बिपदकाे समयमा उनको आत्माकाे चिर शान्तिकाे कामना गर्दै जिल्ला पदाधिकारी ,जिल्ला सदस्य ,पार्टीका निकाय क्षेत्र ,नगर ,गाउँ ,वडा,भातृ र शुवेच्छुक संघसंस्थामा आबद्ध सम्पुर्णलाई आ-आफ्नो ठाउँबाट १ मिनेट माैन धारणाको लागि सरिक भइदिनकाे लागि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति पश्चिम नवलपरासीकाे सभापति बिष्णु प्रसाद पाैडेलले अनुराेध गरेका छ्न। सभापति पाैडेलले गिरिको निधनले सिङ्गो नवलपरासी र पार्टी दुखित भएको बताउदै “एक सफल व्यवसायी, असल राजनीतिज्ञ तथा सामाजिक व्यक्तिको निधनले सिङ्गो पार्टीलाई नै क्षति भएको साथै नवलपरासी जिल्लाले एक असल नेतृत्व गुमाएको समेत जानकारी दिएका छन।