नवलपुर, असोज १९।लक्षण नदेखिएका कोरोना संक्रमितलाई १४ दिनपछि आईसोलेशनमा राख्न नपर्ने कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताउनभएको छ । लक्षण नदेखिएका संक्रमितले १४ दिनपछि २१ दिनसम्म घरमै आफ्ना दैनिक काम गरेर बस्न सक्ने बताउनुभयो । इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा सोमबार कावासोती नगरपालिकामा आयोजना गरिएको स्वास्थ्य अधिकारका सम्बन्धमा सरोकारवालाबीच अन्तकृया कार्यक्रममा बोल्दै लक्षण नदेखिएमा २१ दिनपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरि समुदायमा घुलमिल गर्न समेत सक्ने नागिलाले बताउनुभएको छ । कोराना संक्रमण लक्षण देखिनुभन्दा कम्तिमा तिनदिन अघि र लक्षण देखिएको अवधिमा सर्ने र १० देखि १४ दिनभित्रमा मात्रै कोरोनाको भाइरस सक्रिय हुने भएकाले १४ दिनपछि पिसिआर रिपोर्ट पोजेटिभ आए पनि एकबाट अर्कोमा सर्ने सम्भावना नहुने भएकाले कोरोना संक्रमितलाई जबरजस्ति आईशोलेशनमा थुनेर राख्न नपर्ने उहाँले बताउनुभएको छ । १४ दिनपछि भाइरस मरिसक्ने भएकाले मरेको भाइरसबाट संक्रमण फैलने सम्भावना नहुने हुँदा रिपोर्ट पोजेटिभ आएपनि नसर्ने उहाँले बताउनुभयो । कोरोना भाइरसबाट सचेत हुनुपर्ने तर, आवश्यकता भन्दा बढि त्रसित हुन आवश्यक नभएको उहाँको भनाई छ । समुदायमा कोरानाको बारेमा धेरै त्रसित बनाउने गरि सुचना प्रवाह भईरहेको भन्दै उहाँले कोरोना भाइरसका बारेमा मिडिया र सम्बन्धित पक्षले समेत बढि भ्रम सृजना गर्ने खालका सुचना प्रवाह गर्न नहुने उहाँले बताउनुभयो । यस्तै स्वास्थ्य शाखा प्रमुख नागिलाले कावासोती नगरपालिकाले स्वास्थ्य अधिकारका बारेमा लिएका निति तथा कार्यक्रम , कोरोना संक्रमण नियन्त्रणमा भएका प्रयास र कामहरुका बारेमा समेत जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला अस्पतालका व्यवस्थापन समिति सदस्य नरनाथ पाण्डेले जिल्ला अस्पतालमा एक हप्ताभित्र पिसिआर मेसिन आईपुग्ने र जिल्ला अस्पतालबाट आउदो १५ दिनपछि पििसआर जाँच हुने जानकारी गराउनु भएको थियो । जिल्ला अस्पताल कावासोती नगरपालिकामा रहेको भए पनि नगरपालिका र जिल्ला अस्पतालबीचमा आवश्यक सहयोग र समन्वय हुन नसकेको उहाँको गुनासो थियो । सरकारी स्वास्थ्य सस्ंथाबाट नागकिरले के कस्ता सेवा सुविधा पाउँछन् भन्ने समेत कतिपय आम नागरिकलाई जानकारी नभएको हुँदा यस विषयमा इन्सेक जस्ता अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरुले सुसुचित गर्न समेत उहँँले सुझाव दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै शिवमन्दिर स्वास्थ्यचौकी प्रमुख विश्वराज कंडेलले कोरोना संक्रमितबीचमा समेत विभेद भएको गुनासो राख्नुभयो । हुनेखाने र घरमा नै होम आइसोलेशनमा राख्ने भौतिव र आर्थिक अवस्था भएका संक्रमितलाई अस्थाई अस्पतालमा राख्ने तर गरीब विपन्न समुदायलाई वेवास्ता गर्ने गर्ने घटना समुदायमा देखिएकाले यसतर्फ सम्बन्धित पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । उहाँले कोराना भाईरसका सन्दर्भमा विश्व स्वास्थ्य संगठन र स्वास्थ्य निर्देशिकामा समेत कोरोना संक्रमितलाई १४ दिनपछि आईसोलेशनमा राख्नु नपर्ने , लक्षण नदेदिएकालाई घरमै होम आइसोलेशनमा राख्दा उचित हुने भनिररहदा यहाँ ४५ ÷ ५० दिनसम्म एउटा संक्रमितलाई कोरोना अस्थाई अस्पतालमा राख्ने काम भएको भन्दै यस्ता कार्यले सरकारो ढुकुटी सकिने र समुदायमा त्रास कायमै रहने हुँदा कोरोना संक्रमितलाई समुदायले गर्ने विभेद कायम राख्न मदत पुग्ने बताउनुभयो । यस्तै जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले कावासोती नगरपालिकामा बालबिवाहका घटना बढि रहेको हुँदा यस विषयमा स्वास्थ्य शाखाले समेत कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । बाल बिवाह हुँदा किशोरीको स्वास्थ्यमा ठूलो असर पु¥याउने हुँदा यो विषयले समेत स्वास्थ्य अधिकार प्रत्याभुत गर्न चुनौती थपिएको उहाँको भनाई छ । कार्यक्रममा कावासोती नगरपालिकाका विभिन्न स्वास्थ्यचौकीका प्रमुखहरु , सामाजिक अभियान्ता , पत्रकार लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमका इन्सेक जिल्ला सहजकर्ता ज्ञानु पंगेनीले सहजीकरण गर्नुभएको थियो ।
लक्षण नदेखिए १४ दिन बढि आइसोलेसनमा बस्न पर्दैन: स्वास्थ शाखा प्रमुख नागिला