देवचुली, एलिना केसी
नवलपुरको कावासोती नगरपालिका वडा नं १ लोकाहा घर भएकी १५ वर्षिया किशोरी प्रियंका चापागाईको उपचारका लागि एक दिन एक रुपैंया दान अभियानले आर्थिक सहयोग गरेको छ ।
शनिबार चापागाईको उपचारका लागि संकलन भएको ८३ हजार ६ सय १५ रुपैया पिडितको परिवारलाई हस्तान्तरण गरिएको हो । मेनेजाइटीक्स अर्थात (मष्तिक ज्वरो) कलेजो, मुटु रोगबाट पिडित चापागाईंको उपचारका लागि करिब २० लाख लाग्ने भएकाले परिवारले आर्थिक सहयोगको लागि अपिल गरिएको थियो ।
एक दिन एक रुपैंया दान अभियानका अध्यक्ष सौगात भुसालले सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिहरु सँग उपचारका लागि रकम संकलन गरिएको बताउनुभयो । संकलन गरिएको रकम पिडितको घरमै गई ूएक दिन एक रुपैंया दानू अभियानका सदस्यहरुले हस्तान्तरण गरेका थिए । एक दिन एक रुपैंया दान अभियानले विगत लामो समय देखि संकटमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेको छ ।
प्रियंका चापागाईको उपचारका लागि सामाजिक संजाल र प्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई पिडितका परिवारले धन्यवाद व्यक्त गरेका छन् ।