शिवराज कपिलवस्तु , असाेज १६ । जिल्लाकाे शिवराज नगरपालिका वडा नं ८ काे एक बिद्यालयमा सुधार समिति गठन गरिएकाे छ । विद्यालय व्यवस्थापन समिति र शिक्षकवर्गकाे काम सन्ताेषजनक नरहेकाले गर्दा स्थानीय तथा अभिभावकहरु एकजुट भएर राहुल कुमार सिंहकाे नेतृत्वमा विद्यालय सुधार समिति गठन गरेका छन । शिवराज नगरपालिका वडा नं ८ बिलराहवामा रहेकाे लक्ष्मणपुर पप्राथमिक बिद्यालयकाे जग्गादाता समेत रहेका अध्यक्ष सिंह साविक बहादुरगंज गा:बि:साका अध्यक्ष स्व: राजबहादुर सिंहका नाति हुन । आफ्ना हजुरबुवाले दिएकाे जग्गामा बिद्यालय बनाइयाे तर राम्ररी व्यवस्थापन हुन नसकेकाले यस क्षेत्रका बिद्यार्थीहरु ले गुणस्तरीय शिक्षाबाट बञ्चित भएका अध्यक्ष सिंहकाे भनाई छ । विद्यालयमा रहेका कमजोरीलाई निर्मुल गर्न भेला भएका अभिभावकहरुले ११ सदस्यीय विद्यालय सुधार समिति गठन गरि प्रत्येक महिनाकाे अन्तिम दिन बैठक बस्ने र सुधारका लागि आवश्यक पहल गर्ने निर्णय गरिएकाे विद्यालयका प्रअ हकिम मुसलमानले बताउनु भएको छ ।
सिंहको अध्यक्षतामा विद्यालय सुधार समिति गठन