पोखरा । पोखरामा फेरी १६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका १६ जना र स्याङ्जाका ३ जना गरी गण्डकी प्रदेशमा १९ जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आयल निगममा कार्यरत पोखरा महानगरपालिका ३० का ४१ बर्षीय पुरुष, भारतबाट आएका पोखरा महानगरपालिका २९ का ४१ बर्षीय पुरुष, वार्ड नं ३० का २२ बर्षीय पुरुष, वार्ड नं. ३ का ४८ बर्षीय पुरुष, वार्ड नं. १७ का ४५ बर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यस्तै पोखरा २९ का २० वर्षका पुरुष, ३१ का १९, २७ र २८ वर्षका पुरुष, ११, १४, १८, १९, २६, ३४ र ६० वर्षका महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्याङ्जा भिरकोटका २१, २२ र २८ वर्षका पुरुषमा पनि कोरोना देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४० पुगेको छ ।
यसअघि आजै गण्डकीमा ११ जना कोरोना संक्रमित थपिएका थिए ।