दोरेन्द्र खड्का,बझाङ । बझाङको सदरमुकाम चैनपुरमा दैनिक जसो चोरीका घटनाहरु हुन थालेका छन । सदरमुकाम चैनपुरमा एक हप्ताको अवधिमा एक दर्जन भन्दा वढी घरमा चोरी भएको छ । बिहिवार राती वडा प्रहरी कार्यालय नजिकै रहेकोे घरवाट एक जोर जुत्ता र मोवाईल चोरी भएको छ । शुक्रवार राती जिल्ला अदालत अगाडी रहेको मासु पसलवाट मासु काट्ने हतियार चोरी भएको मासु पसल सञ्चालक लोकेन्द्र खड्काले बताए । त्यस्तै सुक्रवार र शनिवार राती कामना हेल्थ किल्नीकका तेज बहादुर वोहरा र साईपाल डेन्टलका सञ्चालक सत्यम भन्डारीको मोवाईल चोरी भएकोे थियो । चोरहरुले चौविसै घण्टा सुरक्षा निगरानीमा रहने क्षेत्रहरु पनि छोडेका छैनन । आईतवार राती राष्ट्रिय वाणिज्य बैँक नजिकै रहेको घरमा राति सुतिरहेको समयमा मोवाईल चोरी भएको बिजय खड्काले बताए । राती १ वजे तिर सुतिरहेको वेला चोरले मोवाईल चोरेर लगेको बताए । दिनहुँ जसो चोरीका घटनाहरु भैरहेको भए पनि प्रहरीले यस बिषयलाई गम्भिर रुपमा लिएको देखिदैन । गस्तीमा रहेका प्रहरीहरु आफै मदिरा सेवन गरेर टिल्ल परेर हिड्ने गरेको र एकै ठाउँमा मोवाइल चलाएर बस्ने गरेको स्थानियहरु बताउछन । वडा प्रहरी कार्यालयको कार्यक्षेत्र भित्र रहेको सदरमुकाम चैनपुरको सुरक्षा गर्न प्रहरी असफल भएको स्थानिय भनाई छ । यस विषयमा बुझ्दा जिल्ला प्रहरीका कार्यालय बझाङका सुचना अधिकारी लोकेन्द्र सिह कार्की चोरले चोरी ग¥यो भन्नु भन्दा पनी आफ्नो समानको सुरक्षा आफैले गर्नु पर्ने बताए । उनले प्रहरीले पनि चोरी नियन्त्रणको लागि सक्रियता बढाउने बताए पनि अहिले सम्म चोरी गर्ने कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
बझाङ सदरमुकाम चैनपुरमा चोरीका घटना बढ्दै,प्रहरीको सक्रियता कम भएको स्थानीयको आरोप