३२ साउन, सिन्धुपाल्चोक । शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ लिदीमा गएको पहिरोमा ३९ जना बेपत्ता भएका छन । हराएका ३९ जनामध्ये १९ जनाको शव भेटिएको छ भने २० जनाको अहिले सम्म पनि खोजी भइरहेको छ। शनिबारसम्म १८ जनाको शव भेटिएको थियो । खोजीको क्रममा आज थप १ जनाको शव भेटिएको छ । हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरी १९ जनाको उद्धार भएको उद्धारमा खटिएको नेपाली सेनाले जानकारी दिए । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार साउन ३० र ३१ गते पहिरो प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टरले खाद्यान्न, लत्ता कपडा, त्रिपालगायत अत्यावश्यक राहत सामग्री पुर्याएको छ । उद्बारमा नेपाली सेनासँगै स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा खटिएका छन् । नेपाली सेनाका ४७ जना उद्धारमा खटिएका स्रोतले जनाएको छ ।
सिन्धुपाल्चोकको पहिरो अपडेट: १९ शव भेटियो, २० को खोजी जारी