दीपक भट्टराई८ आश्विन २०७७, बिहीबार। कावासोती । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरीकार्यलय पूर्वी नवलपरासीका डीसपी मोहोन खाँडले बताए । खाँडका अनुसार दाउन्नेमा ५ ठाउँमा पहिरो गएको छ । सडकमा पहिरो झरेपछि सवारी साधनहरू बिहीबार बिहानैदेखि राजमार्गमा रोकिएका छन् । लगातार पानी परेका कारण पहिरो हटाउन कठिनाई भैरहे पनि पहिरो हटाई यातायात सुचारू गराउन पहल भईरहेको खाँडले जानकारी दिए । दाउन्ने क्षेत्रको भूगोल अत्यन्त कमजोर रहेका कारण त्यहाँ हरेक वर्षातमा पहिरो खस्ने गर्दछ ।
दाउन्नेमा पहिरो खस्यो, बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध