असोज ६,कावासोती । कावासोती १ निवासी कलाकार गोकुल कंडेलले आफ्नो बैबाहिक वर्षगाठको उपलक्ष्यमा अत्यन्तै उदाहरणिय कार्य गरेका छन।आफ्नो वैवाहिक जिवनले १२ वर्ष पूरा गरेको सुखद उपलक्ष्यमा अनावश्यक फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा अग्रसर हुदा सकारात्मक सामाजिक सन्देश प्रवाह हुने महसुस गरि कावासोती १ को हिमाल चोक निवासी अति विपन्न परिवारलाइ चामाल ,दाल ,नुन ,तेल लगायतका खाद्यान्न सामग्री घरै पुगेर हस्तान्तरण गरेको कलाकार कंडेलले बताए।
पछिल्लो समयमा जन्मोत्सव ,वैवाहिक वर्षगाठ लगायतका महत्त्वपूर्ण दिनहरुलाइ अनावश्यक फजुल खर्च गर्ने,भोजभतेर गर्ने जस्ता अनावश्यक कार्यमा खर्च गर्ने प्रबृत्तिलाई परिवर्तन गर्न केही हदसम्म यस्ता कदमले सहायता पुर्याउने विस्वाश व्यक्त गर्दै विपन्न परिवारको दुखमा केही भए पनि सहयोग गर्न पाउँद आफू हर्षीत भएको श्रीमती गंगा कंडेलले बताइन।कुनै समयमा रास्ट्रीय कलाकारका रुपमा आफुलाइ चिनाएका कडेल हाल सामाजिक कर्म,कलाकारिता सङ्गै व्यवसायमा समेत संलग्न रहेका छन।
वैबाहिक वर्षगाठको अवसरमा विपन्न परिवारलाइ कलाकार कंडेलको खाद्यान्न सहयोग