पवित्रा पराजुली , चोरमारा, ६ असोज । नवलपुरको विनयीत्रिवेणी गाउँपालिका-५ देउरालीमा विनयी खोलामा आएको बाढीले धानबाली नष्ट गरेको छ । असोज २ गते आएको अविरल वर्षा पछि विनयी खोलामा आएको बाढी खोला नैै फुटेर धानबालीमा प्रवेश गरेको थियो । जसबाट सो क्षेत्रका २८ घरधुरीले करिब दश बिगाहा क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको कृषक तारा भुर्तेलले बताए । जसमध्ये २ परिवारको धानबाली बालुवाले पुरिएको कृषक नरबहादुर विकले बताए । खोलानै फुटेर गाउँ पसेपछि यसबर्ष धानबाली उत्पादन नहुने भएपछि सो क्षेत्रका कृषकहरू चिन्तित बनेका छन् । खेती लगाएको बालीनै बाढीले नष्ट गरेपछि यसबर्ष कसरी अन्नको जोहो गर्ने भन्ने चिन्ताले पिरोलेको कृषकहरू बताउँछन् । सोही बाढीले गाउँपालिकामा धानखेतिको साथसाथै व्यवसायीक तवरले मस्यपालन गर्दै आएका बिष्णु रानाको करिब १५ कठ्ठामा खनिएको पोखरी पुरै पुरीएको छ। उनले उक्त पोखरीमा रघु, गास्रकाप र सिल्भर जातका मस्यपालन गर्दै आएको थिए । ६० हजार माछाहरु पोखरीमा पसेको बाढिमा पुरीएका उनले बताए छ । खोला फुटेर बाढी पसेका तत्काल सो क्षेत्रमा तटबन्ध गरिनु पर्ने स्थानीय कृषकहरूले माग छन् । तत्काल तटबन्ध नगरे थप धानबालीमा क्षति पुग्नेछ । बाढीले क्षति पुगेको क्षेत्रको अवलोकन गरिएको गाउँपालिकाका कृषि प्राविधिक मनोज चापागाईंले बताए।
बाढीले विनयी त्रिवेणीमा धानबाली नष्ट