उत्तम कुमार थापा ,बझाङ । जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख सम्मानित भएका छन । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा विगत लामाे समय देखि जनसेवामा खटिनुभएका जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जाेशी सम्माननिय राष्ट्रपति बाट प्रवल जनसेवा श्री पदकबाट बिभुषित भएका हुन । प्रमुख जाेशी विगत ३० बर्ष देखि जिल्लामा काम गर्दै आएका छन । उनले विगत लामाे समय देखि सिनियर खाेप अधिकृतकाे रुपमा काम गर्दै उनु आएका छन भने जिल्लामा बालबालिकाकाे उच्च मृत्युुदरलाई घटाउन सफल भएको पनि पाईन्छ । जाेशीले बझाङ जिल्लामा रहेका विभिन्न स्वास्थ्य कार्यालय स्वास्थ्य चाैकि र गाउँघर क्लिनिकमा आफै गएर रिपोर्टिङ गर्नुकाे साथै ,विभिन्न सिविरहरु सञ्चालन गर्दै जनसमुदायको उच्च मनवल बढाउदै आएको देखिन्छ । कार्यालय प्रमुख जाेशी सम्मानित भए पछि बधाई दिनेकाे निकै लर्काे लाग्नुकाे साथै प्रत्यक्ष , अप्रत्यक्ष रुपमा बधाई दिने सबैलाई धन्यवाद दिएकपटकमा । प्रमुख जाेशिले सरकारले यसरी कामकाे मुल्यांकन गर्दै सम्मान गरेकाेमा अत्यन्तै खुसि व्यक्त गरे ।
स्वास्थ प्रमुख जाेशी प्रवल जनसेवा श्री पदकबाट सम्मानित