रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा दिनैपिच्छे कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । देवदहमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिँने क्रम शुरु भएसँगै यहाँको जनजीवन झनै जोखिम हुन पुगेको छ ।
आज थपिएका एक जना कोरोना संक्रमितसहित देवदहमा हाल कोरोना संक्रमितको कुल संख्या २१ पुगेको छ । आज कोरोना पुष्टि भएका देवदह नगरपालिका वडा नं ९ का ५८ वर्षीय पुरुष हुन् । उनी एक हप्ता अगाडि मात्र भारतबाट नेपाल आएका थिए । नेपाल आएपछि उनी देवदह नगरपालिका भित्रको भलुहीमा रहेको क्वारेन्टिनमा बसेका थिए ।
स्वाब संकलन गरी कोरोना परीक्षण गर्ने क्रममा उनलाई कोरोना पोजेटिभ देखिएकाे देवदह स्वास्थ्य शाखाले जनाएको छ । कुल कोरोना संक्रमित मध्ये १२ जना निको भएर घर फर्किसकेका छन् । भने ९ जनाको अस्पतालमा उपचार भइरहेको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।