दीपक भट्टराई,३ आश्विन २०७७, शनिबार। कावासोती । कोरोना भाइरसको संक्रमणका कारण पूर्वी नवलपरासी जिल्ला पनि निकै प्रभावित बनेको छ । जिल्लामा पछिल्लो १२ घण्टामा थप ४४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । देवचुली नगरपालिकामा मात्रै ३३ जना संक्रमित थपिएका छन् । यसैगरी हुप्सेकोटमा मा ९ र बुलिङ गाउँपालिमा २ जना गरी कुल ४४ जना कोरना संक्रमित भएका हुन् । पोजेटिभ देखिनेमा देवचुली नगरपालिका वडा नं। ११ का ९ महिला र ५ पुरुष, वडा नं. १४ का ६ महिला र ४ पुरुष, वडा नं. ७ का १ महिला र ४ पुरुष, वडा नं. २ का २ महिला तथा वडा नं. ४ र १७ का एक–एक जना पुरुष छ रहेको नगरपालिका का स्वास्थ प्रमुख रामकुमार श्रेष्ठले बताए । संक्रमण पुष्टि हुनेमा २१ महिनादेखि ८० बर्ष उमेर समूहका छन् । १८ महिला र १५ पुरुषमा पोजेटिभ देखिएको छ । यसैगरी, हुप्सेकोट गाउँ पालिकामा ९ जना र बुलिङटारका २ जना गरी ११ जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
नवलपुरमा मात्रै १२ घण्टामा थपिए ४४ संक्रमित