रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीको दैनिक कोरोना (कोभिड १९) संक्रमित प्रतिवेदन अनुसार जिल्लामा २२ पुरुष र १८ महिला गरि ४० जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार ४० जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १८ सय ६१ पुगेको छ ।
आज थपिएका संक्रमितहरुमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका २४ जना, सिद्धार्थनगरका ५ जना, सियारीका १ जना, सैनामैनाका ६ र तिलोत्तमाका ४ जना संक्रमित रहेको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।
संक्रमण पुष्टि भएका मध्ये ११ सय कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् भने ७ सय ४१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । त्यस्तै रुपन्देहीमा हालसम्म कोभिड १९ का कारण २० जनाको मृत्यु भएको छ ।