बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीको ओमसतिया गाउँपालिकाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भदौ १४ गते भर्ना भएका ओमसतिया गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उनका अनुसार ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या थियो । अरु दीर्घरोग नभएपनि अवस्था चिन्ताजनक बन्दै गएपछि राती १२:३० बजे मृत्यु भएको गौतमले जनाए ।
त्यस्तै ओमसतिया गाउँपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुटवल धागो कारखानामा सञ्चालित अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएको पुरुषमा गत भदौं ११ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
उनमा स्वासप्रश्वास र ज्वरो जस्ता समस्या बढ्दै गएपछि उनलाई भदौं १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।