काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नौ सय दुई जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर नौ सय दुई जना कोरोना संक्रमित थपिएको बताएका हुन् ।
देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार एक सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार दुई सय ८७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३२ हजार नाै सय ६४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय ६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।