रन्जीत शर्मा/ नवलपरासी/ २२ भाद्र। विगत लामो समय देखी विवादित तथा सामाजिक संजाल चर्चाको बिषय रहेको पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वार्ड नम्बर ०२ ,चिसापानीको खुल्ला चौर भएको जग्गाबारे आज बर्दघाट नगरपालिका पत्रकार सम्मेलन गर्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्ति का अनुसार उक्त जग्गामा अव्यवस्थित बसोबासी लाई व्यवस्थापन , चिसापानी अस्पताल र क्याम्पस सँग भएको पुर्व सहमति अनुसार जग्गा बितरण गरि बाकी रहेको जग्गा स्थानिय तह (नगरपालिका) को नाममा गरिने नगरपालिकाले अडानको साथ अघि बढेको छ। यही जग्गाको बिषयलाई लिएर केहि दिन अगाडी विभिन्न राजनितिक दल लगाएतले सो जग्गामा झण्डा र ब्यानर गाड्नुको साथै सो जग्गाको बिषयमा स्थानिय सरकारको धारणा सार्वजनिक गर्न माग गरेका थिए । त्यस्तै, बर्दघाट नगरपालिकामा सत्तारुढ दल बाहेकका ६ दलले आइतवार सरोकारावालाहरुको ध्यानाकर्षण गराए लगत्तै बर्दघाट नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी नगरको धारणा सार्वजनिक गरेको छ । सो पत्रकार सम्मेलनमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले उक्त बिषयलाई समेटेर गरिएको संयुक्त प्रेस विज्ञप्ती प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै बर्दघाट नगरपालिका वार्ड नं. २ चिसापानीमा अवस्थित दिब्यज्योती बहुमुखी क्याम्पस पश्चिम तर्फको साविक माकर २ । ग कित्ता नम्बर १३१० को जम्मा ८ विगहा २ कठ्ठा १२ धुर क्षेत्रफल रहेको उक्त जग्गाको बिषयमा नगरपालिकाले चासो नदिएको र स्थानिय तह प्रमुखको मौनता रहेको जस्ता कपोकल्पित र निराधार भएको बताउदै विगतमा समेत राष्ट्रिय आवास कम्पनिले उक्त जग्गा बिक्रि बितरण गर्न नगरपालिकाको सहमति विना टेण्डर प्रकृया अत्यन्तै गोप्य ढंगले अगाडी बढाएको र त्यस बिषयमा तत्कालिन समयमा नगरपालिका र व्यक्तिगत तवरमा कुनै जानकारी नदिने जस्ता प्रयत्न गरिएको हुदा जग्गा व्यवस्थापनको बिषयमा बर्दघाट नगरपालिकाले प्रष्ट अडान राख्दै आएको र त्यहाँ रहेका अव्यवस्थित बसोबासी, चिसापानी अस्पताल र क्याम्पस सँग भएको पुर्व सहमति अनुसार जग्गा बितरण गरि बाकी रहेको जग्गा स्थानिय तह (नगरपालिका) को नाममा गरिनु पर्ने अडान लिएर सोही अनुसार अगाडी बढेको बताउदै उक्त जग्गामा अस्पताल नै निर्माण हुने र कोहि कसैलाई बिक्री बितरण गर्न नदिई नगरको संरक्षणमा ल्याउन सो जग्गामा तारबार समेत गरिने बताए ।
पत्रकार सम्मेलनमा अर्को प्रसंगमा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरपालिकाले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै रोगको संक्रमण नियन्त्रण र रोकथामको कार्यमा सबै कार्यहरु नगर स्तरिय विपद व्यवस्थापन समिति र बर्दघाट नगर कार्य पालिकाको बैठकको निर्णय बाट नियमित रुपमा खर्च अनुमोदन गर्दै आएको बताउदै नगरले आवश्यक रुपमा पिसिआर चेकलाई निरन्तरता दिने र सो नियन्त्रणका लागी सबै नागरिक सचेत हुनु पर्ने बताउनु भयो । यसैगरी अर्काे चर्चा मा रहेको बर्दघाट ९ स्थित राजा महात्मा पुर्ण भद्र मा०वि० भुतहाको आर्थिक क्रियाकलापको सम्बन्धमा सम्बिन्धित निकायबाट छानबिन र अनुसन्धान भईरहेको हुदा केहि दिनमै त्यसको सत्य तथ्य सार्वजनिक हुने पत्रकार सम्मेलनमा जानकारी गराए । सम्पन्न पत्रकार सम्मेलनमा सहभागि जिल्लाका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले कुनैपनि समाचार सत्य तथ्य बुझेर मात्र प्रवाह गर्नु पर्ने बताउदै तथ्यहिन, कपोकल्पित र कसैलाई बदनाम गराउने उद्देश्यले नक्कली समाचार प्रवाह गरी समाजमा भ्रम सिर्जना नगर्न र नगराउन आग्रह समेत गरेका थिए ।
विवादित जग्गाबारे नगरपालिकाको विज्ञप्ति ; अस्पताल र क्याम्पस निर्माण देखी नगर हितको काम हुने