कृष्ण पौडेल, सुनवल। सञ्चारकर्मी तथा सर्जक सन्तोष बस्यालको सांगीतिक कोशेली ज्यानमाया बजारमा आएको छ। उनको यो एघारौ सांगीतिक कोसेली हो। चार वर्षको अन्तरालमा ज्यान माया नामको दोहोरी गित मार्फत बस्यालको गायनमा पुनरागमन भएको छ ।यसअघि उनले पप आधुनिक तथा फिल्मी गीतमार्फत् सांगीतिक दुनियामा पाईला अगाडी बढाउँदै आएका थिए। सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील बस्यालले गायनका अलावा शब्द तथा संगीत सिर्जना समेत गर्दै आएका छन् ।गीत तथा भिडियोग्राफी को पढाइ समेत गरेका बस्यालको मुख्य पेशा पत्रकारिता तथा भिडियोग्राफी नै रहे पनि बेलाबेलामा गाउने समेत गर्दै आएका छन्। सात सयभन्दा बढी म्युजिक भिडियो निर्माण गरेका उनले एक दर्जन बढी साना ठूला चलचित्र समेत निर्माण गरेका छन्। दोबान नामक चलचित्रमा गित संगित र छायांकनको भूमिका समेत उनले निर्वाह गरेका थिए ।जुन लोकप्रिय भएको थियो। हाल बजारमा आएको ज्यानमाया मा पनि शब्द संगीत स्वरः भिडियो छायांकन तथा सम्पादन आफै गरेका छन्। सिटिभी नेपाल युट्युब च्यानलमार्फत सार्वजानिक गितमा बस्यालका अलावा शान्ति हितंगाको आवाज रहेको छ।गायिका हितंगाले गित आशालाग्दो बनेको बताइन् । उक्त गीतको भिडियो प्रेम गुरुङले निर्देशन गरेका छन् भने भिडियोमा मोहन गुरुङ ,वर्षा र रेबिनाले नृत्य गरेका छन्। भिडियो लिन्क तल छ।
पाल्पाली सञ्चारकर्मी तथा सर्जक सन्तोष बस्यालको 'ज्यानमाया' बजारमा