बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। चक्रवर्तीलाई बुधबार मुम्बईको उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबी०ले सेप्टेम्बर ८ तारिखमा सुशान्तसिंह राजपुतलाई लागूऔषध दिने गरेको आरोपमा पक्राउ गरेको थियो। उनले एक लाख धरौटी र पासपोर्ट बुझाउन पर्नेछ। साथै मुम्बई बाहिर जान अदालतसँग अनुमतिसमेत लिनुपर्नेछ। यस प्रकरणमा पक्राउ परेका रिया चक्रवर्तीका भाइ शोविक चक्रवर्तीलाई भने धरौटीमा छुटाउन अदालतले अस्वीकार गरेको छ।
सुशान्त राजपुतका लागि काम गर्ने दिपेश सावन्त र स्यामुयल मिरान्डालाई पनि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।
शोविक र स्यामुयललाई ब्युरोले सेप्टेम्बर ४ मै नियन्त्रणमा लिइएको थियो।
जुन १४ गते अभिनेता सुशान्त मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत फेला परेका थिए। उनको पोस्टमार्टम रिपोर्टको अनुसार उनले आत्महत्या गरेको पुष्टि भएको थियो।