कृष्ण पौडेल ,जापान।
प्रवासी नेपाली समाज हिमेजी जापानको आयोजनामा प्रथम फुटसल प्रतियोगिता जुन १४ तारिख हिमेजीमा हुने भएको छ l नेपालमा मात्रै नभएर विश्वमा महत्त्वका साथ हेरिने फुटसल प्रतियोगितामा पछिल्लो समय युवा युवतीको आकर्षणको केन्द्र बन्दै आएको छ।
नेपालको विभिन्न ठाउँबाट कर्मथलो तथा अध्ययनको थलो बनाउँदै आउनुभएका सम्पूर्ण नेपालीहरुलाई एकीकरण गर्ने उद्देश्यले यो फुटसल प्रतियोगिता राखिएको नेपाली समाज हिमेजीका अध्यक्ष शैलेश पन्त बताउनु हुन्छl जुन १२ तारिख भित्र टिम दर्ता गरिसक्नुपर्ने खेल संयोजक मिलन गिरी , उपाध्यक्ष कमल क्षेत्री र कोषाध्यक्ष एम गुरुङले जानकारी दिनुभयो l
फुटसल प्रतियोगिताको टिमदर्ता शुल्क ४३,९९९ जापानी येन तोकिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख ५० हजार येन छ भने उपविजेताले २ लाख येन हात पार्नेछ । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले पनि क्रमशः नगद १ लाख र ५० हजार येनसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने नेपाली समाज हिमेजीका सचिव राजन शाहीले बताउनु भयोl त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ।
सम्पूर्ण नेपालीहरूलाई यस खेलमा सहभागी हुन आयोजक टिमबाट अनुरोध गरिएको छ। आयोजक संस्था नेपाली समाज हिमेजीको फेसबुक पेजमा बाट सबै जानकारी अपडेट गरिएको आयोजक संस्थाले जानकारी दिएको छ l