गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको कालिका मेडिकल तथा टेक्नीकल इन्स्टिच्युटले भरतपुरका विभिन्न स्थानमा डस्टविन वितरण गरेको छ । चितवन र नवलपुरका विभिन्न विद्यालय क्षेत्रहरुमा डस्टविन वितरण गरिएको हो ।
इन्स्टिच्युटका प्रशासन प्रमुख सम्झना श्रेष्ठले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत पहिलो चरणमा भरतपुरमा ४० थान डस्टविन वितरण गरिएको बताउनुभयो । श्रेष्ठकै नेतृत्वमा कलेजमा मेडिकल तथा प्राविधिक शिक्षा पढ्दै गरेका विद्यार्थीहरु आफैले डस्टविन वितरण गरेको उहाँले बताउनुभयो ।
दोस्रो चरणमा गैँडाकोटका विभिन्न सार्वजनिक स्थलहरुमा डस्टविन वितरणको योजना बनाइएको कलेजले जनाएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित कालिका मेडिकल तथा टेक्नीकल इन्स्टिच्यु्टले विस २०५४ सालदेखि प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ ।