दुम्किबास ,नवलपुर ।
नवलपुरको दुम्किबासमा रहेको भानुदय क्याम्पसको दशौ वार्षिक साधारण सभा तथा वार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ। विनयी त्रीवेणि गाउपालिकाको एकमात्रै तथा पुरानो क्याम्पस भानुदय क्याम्पसले आज एक समारोहका विच विनयी त्रीवेणी गाउपालिकाका अध्यक्ष घनश्याम गिरिको प्रमुख आतिथ्यतामा साधारण सभा तथा वार्षिकोत्सब कार्यक्रम सप्पन्न गरेको हो।
कार्यक्रममा लामो स्थापना कालदेखि अहिलेसम्म निरन्तर रुपमा अध्यापन गरि क्याम्पसको शैक्षिक विकासमा सहयोग पुर्याएको भन्दै अधिवक्ता गणेश अधिकारिलाइ सम्मान गरिएको छ।भौगोलिक विकटता बिचमा पनि आफ्नो समय र श्रम प्रदान गरि क्याम्पसक गरिमा बढाउन खेलेको भुमिकाको कदर गर्दै सम्मान गरिएको हो।
सम्मानले आफुलाइ थप गम्भीर तथा जिम्मेवार बनाएको आफुले महसुस गरेको अधिवक्ता अधिकारीले बताए।कार्यक्रममा सभाध्यक्ष तथा क्याम्पस अध्यक्ष ,गाउपालिका अध्यक्ष ,वडाध्यक्ष ,क्याम्पस प्रमुख शिक्षक शिक्षिका,अभिभावक लगायतको उपस्थिति रहेको थियो।