कावासोती । नवलपुरका सबै पालिकाका होटल संचालक हरुलाइ नवलपुर होटल व्यवसायी संघले खाद्य स्वच्छता तालिम दिने भएको छ।नवलपुरभर प्रदान गरिने तालिमको सुभारम्भ आज एक कार्यक्रमका विच प्रुखम जिल्ला अधिकारी अरुण पोख्रेलले उद्वघाटन गरेका छन।नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाको अध्यक्षता सम्पन्न उद्वघाटन कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष यम प्रसाद न्यौपानेले राखेका थिए।
खाद्य स्वच्छता तालिम हिजो होटल नया थालिको हलमा कावासोती बौदिकाली र बुलिङ्गटार गाउपालिकाका होटल संचालक हरुलाई प्रदान गरिएको र ११ गतेसम्म नवलपुरका सबै पालिकाका संचालकहरुलाइ प्रदान गरिने अध्यक्ष रानाले बताए।तालिमले होटल संचालक हरुलाइ खाना कसरी सुरक्षीत राख्ने र शरिरलाइ असर नपर्ने खाना कसरी तयार पार्ने भन्ने विषयमा जानकारी गराउने प्रशिक्षक खाद्य सुरक्षा डिभिजन तनहुका प्रमुख ज्योति आचार्यले बताए।एन्साब तथा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको सहयोग तथा नवलपुर होटल व्यवसायी संघ नवलपुरको आयोजनामा विश्व पर्यटन दिवसको पुर्व सन्ध्यामा जिल्लाभर तालिम प्रदान गर्न लागिएको हो।