कावासोती ।कावासोतिको अत्यन्तै पुरानो क्लब योङ्गस्टार युवा क्लबको १२ औ साधरण सभा तथा अधिवेशन कार्यक्रम हिजो सम्पन्न भएको छ।कावासोती २ मा रहेको आफ्नै कभर्डहलमामा सम्पन्न भएको अधिवेशनले आनन्द गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्व सहमत रुपमा चयन गरेको अध्यक्ष इन्द्र सिग्देलले जानकारी दिएका छन।
नया कार्यसमितिको उपाध्यक्षमा धन बहादुर गुरुङ,सचीवमा सागर कुमार गैरे ,सहसचिवमा नेत्र प्रसाद श्रेष्ठ ,कोषाध्यक्षमा जुना थापा तथा सदस्यहरुमा बिदुर बगाले,शिव खड्का ,दिप कुमार नेपाली ,कृष्ण थापा,सन्देस पुन ,गौतम थापा रहेका छन।
क्लबका अध्यक्ष इद्र सिग्देलको अध्यक्षता सम्पन्न भएको साधरण सभा तथा अधिवेशन कार्यक्रममा निर्वाचित कार्यसमितिलाई मंगलबार बिहान ८ बजे पद तथा गोपनियताको सपथ खुवाउने तथा जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम राखिएको निर्वाचन समितिका संयोजक अधिवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन।