राष्ट्रिय आविस्कार केन्द्रको प्रमुख डा. महावीर पुनको आत्मकथाको पुस्तक बेचेर नवलपुरबाट ६० लाख बढी संकलन भएको छ । नवलपुरको ८ मध्य ६ वटा पालिकामा समयतालिका बनाएर पुस्तक वेचिएकोमा जम्मा ८०६५ प्रती पुस्तक विक्री भएको थियो।
नवलपुरको विनयी त्रीवेणीमा ९५३, मध्यविन्दु नगरपालिकामा ११५७ ,हुप्सेकोट गाउपालिका ३८४, कावासोती नगरपालिकामा २०७३, देवचुली नगरपालिकामा १५६६ र गैडाकोट नगरपालिकामा १९३२ पुस्तक विक्री भएको स्वयंसेवक ,नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना मगरले जानकारी दिएका छन।
पुस्तक विक्री अभियान विनयी त्रीवेणी गाउपालिकाबाट सुरु भएर गैडाकोट नगरपालिकामा पुगेर सकिएको थियो। नवलपुरमा दुई पालिकामा पुग्न नसकेपनी अन्य पालिकाबाट उल्लेख्य मात्रामा पुस्तक विक्री भएको भन्दै डा महाविर पुनले धन्यवाद ज्ञापन समेत गरेका छन।