कावासोती ,असार १७। नवलपुरको कावासोती नगरपालिका वडा न १६ मा रहेको नवलपुर एकाडेमी एसईई उत्कृष्ट नतिजा निकाल्दै जिल्ला प्रथम हुन सफल भएको छ।
जिल्ला शिक्षा विकास समन्वय इकाइले प्रकाशन गरेको नतिजा अनुसार जम्मा एसईईमा सम्मिलित ५५ जना मध्य ५१ जना उत्रीर्ण गराउदै नवलपुर एकाडेमी नवलपुरका संस्थागत तथा सामुदायिक विद्यालय दुवैतर्फ प्रथम स्थान हासील गर्न सफल भएको हो।
कम्तिमा ५० जना वा त्यो भन्दा बढी विद्यार्थी सहभागी भएका विद्यालयहरुको नतिजालाइ तुलनात्मक रुपमा हेर्दा नवलपुर एकाडेमिले ९२.७२ प्रतिशत विद्यार्थी पास गराउदै जिल्लामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको विद्यालयका प्रधानाध्यापक हरिहर अधिकारीले जानकारी दिएका छन।
विद्यालयले विगतमा पनि राम्रो नतिजा निकाल्दै आएको र यो पटक जिल्लामै सबैभन्दा राम्रो नतिजा आउदा आफुहरु अत्यन्तै उत्साहित भएको भन्दै अधिकारीले सम्पूर्ण विद्यार्थी ,अभिभावक र आम कावासोती निवासी सबैलाइ धन्यवाद समेत दिएका छन।