बैशाख २६,देवचुली । नेपाल रेडक्रस प्रगतिनगर उपशाखाले आफ्नो नया भवनबाट सेवा सुभारम्भ गरेको छ।विश्व रेडक्रस दिवसको अवसर पारेर आज विहान ८ बजे शाखाले नया भवनको उद्वघाटन सहित सेवा शुभारम्भ गरेको हो।
देवचुली १५ स्तिथ पशुपती टोलमा शाखाको संस्थापक सभापति सशिधर रेग्मीको प्रमुख आतिथ्यता तथा संस्थाका वर्तमान सभापति देवेन्द्र प्रसाद शर्माको अध्यक्षमा सम्पन्न कार्यक्रमले औपचारिक रुपमा नया भवनबाट कार्यसम्पादन गर्ने कार्यको शुभारम्भ गरेको हो।
शुभारम्भ लगतै बसेको पदाधिकारी मिटिङबाट एम्बुलेन्स व्यवस्थापन गर्ने र भवन उपलब्ध गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्ने निर्णय सर्वसहमत गरिएको सभापति देवेन्द्र प्रसाद शर्माले बताए।
मानवतालाइ जिवित राखौ भन्ने रेडक्रसको मुल भावनालाइ आत्मसात गर्दै आयोजित कार्यक्रमको सहजीकरण संस्थाको सचिव निर्मला कंडेलले गरेकि थिइन भने कार्यक्रममा संस्थाका अन्य पदाधिकारी र आजिवन सदस्यको हरुको उपस्थिति रहेको थियो।