अदुवा प्राचीन कालदेखी हाम्रो भान्सामा प्रयोग हुँदै आएको छ। खानामा स्वाद बढाउनुका साथै अदुवालाई औषधिको रुपमा पनि प्रयोग गरिदै आएको छ। अदुवाको सहि प्रयोगले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ । हामी तपाईलाई अदुवाको औषधीय गुणका साथै अदुवाका फाइदाहरू बारेमा जानकारी दिने उद्देश्यले यो सामग्री तयार पारेका छौ।अदुवाका केही फाइदाहरु निम्न रहेका छन।
१. अदुवाको प्रयोगले पाचन प्रक्रिया बलियो बनाउन सहयोग गर्छ। कब्जियत, पेट दुख्ने, क्र्याम्प र ग्यास जस्ता धेरै समस्याबाट छुटकारा पाउन अदुवा सहयोगी साबित भएको छ। अपचको समस्यालाई पनि निको पार्न र पाचनलाइ बलियो बनाउन समेत अदुवा लाभदायक छ।
२. अदुवाको प्रयोगले क्यान्सरको रोकथाममा पनि फाइदाजनक हुने अनुसन्धानबाट प्रमाणित भएको छ। अदुवामा हुने एन्टि-इन्फ्लेमेटरी (सूजन घटाउने) र एन्टी-कार्सिनोजेनिक (क्यान्सरको प्रभाव कम गर्ने) गुणहरूको कारण, अदुवाले स्तन क्यान्सर, पाठेघरको क्यान्सर र कलेजोको क्यान्सरको रोकथाममा सकारात्मक प्रभाव गर्छ ।
३ . अदुवाको प्रयोगले अल्जाइमर (बिर्सने रोग) बढ्दो प्रभावलाई धेरै हदसम्म नियन्त्रण गर्न मद्दत गर्दछ। अदुवामा धेरै फाइटोकेमिकलहरू हुन्छन्, जस्तै जिंजरोल, शोगाओल र जिङ्गरोन, जसले मस्तिष्कमा सन्देशहरू पठाउने न्यूरोन्सको प्राकृतिक क्षतिलाई रोक्न मद्दत गर्दछ।
४ . वाकवाकी र बान्ताको समस्यामा पनि अदुवा लाभदायक छ। अदुवामा वाकवाकी र बान्ता कम गर्न सहयोग गर्ने तत्वहरु हुन्छ। यस प्रभावको कारण, अदुवाले मुख्यतया गर्भावस्था र केमोथेरापी पछि वाकवाकीको समस्यालाई कम गर्न सहयोग गर्छ।
५ . अदुवामा एनाल्जेसिक (पीडा कम गर्ने) गुण भएको कारणले, अदुवाले खेलाडीहरूमा अत्यधिक तनावको कारण मांसपेशी दुखाइमा राम्रो प्रभाव छोड्छ।साथै महिनावारिमा हुने दुखाइको समस्या कम गर्न पनि अदुवा सहयोगी साबित भएको छ।
६. अदुवामा हुने दुखाइ कम गर्ने गुण माइग्रेनको समस्यामा पनि सहयोगी साबित हुन्छ। अदुवाको रसले माइग्रेनको तीव्र दुखाइलाई नियन्त्रण गरेर राहत प्रदान गर्न काम गर्दछ । माइग्रेनका बिरामीका लागि अदुवाको सेवन लाभदायक साबित हुन्छ।
माथी उल्लेखित बाहेक पनि अदुवाको धेरै फाइदाहरु छन।स्वास्थ संगै अदुवाको प्रयोगले तरकारी अचार स्वादिष्ट हुन्छ भने व्यवसायीक खेती गरेर मनग्ये आम्दानी समेत गर्न सकिन्छ।