पोखरा १९ भदौ ।पोखरा महानगरपालिका अन्तगर्त वडा न १० १२ र १३ का बिभिन्न क्षेत्रहरुलाई सिल गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको वडा जनप्रतिनिधिहरुको सयुक्त बैठकले सो निर्णय हरेको हो । कोभिड १९ को प्रकोप यी वडाहरूमा समुदायस्तर सम्म फैलिसकेको स्थितिलाईअनुमान नियन्त्रणका लागि वडा सील गर्ने निर्णय गरिएको बिज्ञप्ती मार्फत जानकारी गराईएको छ । विज्ञप्तीमा १९ गते शनिवार बेलुका १२ बजे देखी २६ गते राती १२ बजे बेलुका सम्म १० १२ र १३ अन्तगर्तका ती क्षेत्रमा अति आवश्यक बाहेक सबै सवारी बन्द रहने छ । शील गरिएका ती क्षेत्रहरूमी स्वर्णिम टोल ,अन्नपुर्ण टोल ,लालीगुरास टोल , भद्रकाली हुदै ढिकाले थर, कुडहर हुदैँ मियापाटन सम्मको सबै क्षेत्र , लालीगुरास मिनि मार्ग ,प्रगति टोल बिपि मार्ग क र ख , सबै हुदैँ भद्रकाली ख टोल बिकास क्षेत्र ,माछापोखरी देखी संगम टोल ,मियापाटन अन्नपुर्ण टोल हुदैँ बेसलाइन स्कुल भित्रका सबै क्षेत्र रहेका छन् । सर्वसाधारणको दैनिक उपभोग्य बस्त किन्नको लागि बिहान ११ बजे देखी २ बजे सम्म तरकारी पसल र खाध्यान्न पसलहरु खुल्ने छन ।
पोखरा महानगरका तीन वडाका केही क्षेत्रहरु शिल