प्रिय धन , नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमित को संख्या बढ्दै गएको छ । शुक्रबार बिहान सम्ममा ५२० जना संक्रमित भएकोमा मध्यान्ह को रिपोर्टमा भने ५३० पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुर का प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिए । पछिल्लो पटक स्वास्थ्य निर्देशनालय पोखरामा गरिएको परीक्षणको नतिजा आएपश्चात सङ्क्रमितको सङ्ख्या ५३० पुगेको हो । कावासोती नगरपालिका का ९ जना र गैंडाकोट नगरपालिका का १ जना गरी थप १० जनामा कोरोना पोजिटिभ भएसँगै जिल्लामा अहिले १६२ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु मध्ये १९ जनालाई जिल्ला बाहिर र १४३ जनालाई जिल्ला भित्रका मध्यविन्दु जिल्ला अस्पताल डण्डा र अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रहजरमा राखिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका र गैंडाकोट नगरपालिकामा १/१ जना गरी २ जना कोरोना संक्रमित को मृत्यु भएको छ भने ३६६ जना निको भएर घर फर्किसकेका छन् । शुक्रबार सम्ममा नवलपुर जिल्लामा सङ्कलित नमूना मध्ये हुप्सेकोट गाउँपालिका को ६ वटा , मध्यविन्दु नगरपालिका को ९२ ओटा र अन्यपालिका सहित केही नमूना श्वाबको नतिजा आउन बाकी छ ।
नवलपुरमा कोरोना सङ्क्रमित थपिँदै , हाल १६२ सक्रिय संक्रमित