जलवायु अनुकुलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि भन्ने मुल नाराको साथ रास्ट्रीय धान दिवस -२०८० कावासोती नगरपालिका वार्ड नम्बर १४ ले एक कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । असार १५ को उपलक्ष्यमा आज कार्यबाहक वार्ड अध्यक्ष दान बहादुर महतोको अध्यक्षता रहेको कार्यक्रममा कृषि बिकास तथा संरक्षण कृषक समितिको अध्यक्ष पार्बती भण्डारि प्रमुख अतित्यथा रहेको थियो ।
प्रमुख अतिथी भण्डारिले धान दिवस-२०८० को शुभकामना दिदै आफ्नो संस्था पनि नितान्त कृषि कार्य गर्दै आएकोले वडाले आयोजना गरेको कार्यक्रम सराहनीय भएको बताइन । वडाको जनप्रतिनिधिहरु जीवन कुमार श्रेष्ठ, महरजनी कुमारी थनेत, सीता बिश्वकर्मा अग्यौली टोल बिकास संस्थाको अध्यक्ष दान बहादुर थनेत वार्ड प्राबिधिक नमुना बिष्ट क्षेत्री समाजसेबी टंकराम थनेत, महेन्द्र थारु महतो लगायत ४० जना कृषक दिदिबहिनीहरुको रोपाइ कार्यक्रममा उपस्थिती रहेको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष दान बहादुर महतोले कृषकको हकहितको लागि वार्ड कार्यालय सधै प्रतिबद्द रहेको बताउनु बताउदै सदाको बर्षमा झै यस बर्ष पनि कृषकहरुलाई ५०% अनुदान सहयोगमा उन्नत जातको धानको बीउ बितरण गरिएको, सिचाईको लागि वार्डको विभिन्न स्थानमा ४ थान सिचाई बोरिङ्ग जडान गरिएको, वार्डको प्रत्यक्ष निगरानिमा रासायनिक मल बितरण गरिएको र आगामी वर्षमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए। वार्ड सदस्य महरजनी कुमारी थनेतको जग्गा रहेको स्थान अग्यौलिमा भयको कार्यक्रम पस्चात सामुहिक रुपमा दहि चिउरा ग्रहण गरि समापन गरिएको कार्यक्रमको संचालक वार्ड सहायक जीवन राई रहेका थिए ।
धान रोपाई गर्दै कावासोती १४ ले मनायो धान दिवस