कास्की खबरले आयोजना गरेको प्रथम राष्ट्रिय अवार्ड कार्यक्रम पोखरामा सम्पन्न भएको छ। अवार्ड वितरण कार्यक्रममा देशभरी रहेका सर्जकहरुलाइ विभिन्न विधाहरुमा अवार्ड प्रदान गरिएको थियो।प्रदान गरिएको विभिन्न विधामध्य नवलपुरकी चेली ,लोकप्रिय गायिका उमादेवी खनालले २०८० को सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड हातपार्न सफल भएकी छन।खनालले ए माया ए आँधी खोले भन्ने आफ्नै लय शब्दमा रहेको गीतबाट अवार्ड जितेकी हुन। उनले उक्त अवार्ड मनोनयनमा परेका पाच गितहरु लक्ष्मी नेपालको खोलिमा खेलेको माछी ,मिना अधिकारीको गोलभेडाको चटनी ,सुनिता शर्माको बस बस प्यारी तथा बसन्ती सुनारको फोटो खिचेरलाई पछि पार्दै हात पारेकी हुन।अवार्ड वितरण समारोह असार २ गते शनिवार पोखरामा आयोजना भएको थियो।
'ए माया ए आधिखोले' बाट खनाललाइ सर्वोत्कृष्ट गायिका अवार्ड