नवलपुर। नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) को आयोजनामा नवलपुरमा तेस्रो चरणको विषादी विक्रेता तालिम हुने भएको छ।पहिलो र दोस्रो चरणका तालिम अत्यन्तै प्रभावकारी र सफल भएपछि तेस्रो चरणको तालिम आउदो चैत्र महिनामा गर्न लागिएको नेल्टा नवलपुरका अध्यक्ष विकास कुमार श्रेष्ठले जानकारी दिए।तालिम पश्चात् परिक्षा लिएर सहभागी हरुलाइ प्रमाणपत्र समेत प्रदान गरिने उनले बताए।तालिममा सहभागी हुनका लागि कम्तिमा पनि एसएलसि व एसइइ पासको सर्टिफिकेट,नागरिकताको फोटोकपी ,फोटो ५ प्रती ,बायोडाटा आवश्यक पर्नेछ भने शुल्क संस्थाले तोके वमोजिम हुनेछ।सहभागी हुन चाहानेले यहि फाल्गुनको १७ गते सम्म आयोजक शीत सम्पर्क गरि आफ्नो डकुमेन्ट उपलब्ध गराइ शुल्क समेत बुझाउनु पर्ने आयोजकले जनाएका छ्न।५ दिन सम्म गैंडाकोटमा संचालन गरिने तालिममा सहभागी हुन आवश्यक कागजात bikash.shrestha742@ gmail.com मा पठाउन सकिन्छ भने थप जानकारीका लागि संस्थाको अध्यक्ष बिकाश कुमार श्रेष्ठलाई 9857045843 म सम्पर्क गर्न सकिनेछ।
नेल्टा नवलपुरले तेस्रो चरणको विषादी विक्रेता तालिम आयोजना गर्दै