फाल्गुण ७, कावासोती । नेपाल पशु स्वास्थ सेवा प्राविधिक संघ (नेल्टा) नवलपुरको आयोजना तथा बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ,हरिहर भवन ललितपुरको प्राविधिक सहयोगमा नवलपुरको कावासोतिमा बीउ बिजन बिक्रेता तालिम सम्पन्न भएको छ।कावासोति ८ मा रहेको होटल ब्लु हेभेनको सभाहलमा सुरु भएको तालिममा देशभरबाट ७४ जना सहभागी रहेको र उनिहरुलाइ तालिम पश्चात् प्रमाणपत्र समेत प्रदान गरिएको नेल्टा नवलपुरका अध्यक्ष विकाश कुमार श्रेष्ठले जानकारी दिए।तीन दिनमा तीन जना प्रशिक्षकले प्रशिक्षण गरेको तालिमको पहिलो दिन बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका वागबानी बिकास अधिकृत बिकास खरेल र वरिष्ठ बाली बिकास अधिकृत मोहन प्रसाद खतिवडाले सहजीकरण गरेका थिए।
तालिममा नेपालमा हुने बीउ बिजनको प्रकृति,बीउ बिजन नियमावली ,बीउ बिजनको उत्पादन तथा व्यवस्थापनका तरिका ,बीउ बिजन बिक्री संबंधित कानुनी पाटाहरु लगायतका विविध विषयमा सेसन प्रदान गरिएको थियो।विगतका वर्षहरु देखि पशु स्वास्थ सिविर,विभिन्न सचेतनामुलक कार्यक्रमहरु,विषादी विक्रेता तालिम हरु गर्दै आएको नेल्टा नवलपुरले आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्ने योजनामा नेल्टा नवलरपुर रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
तीन दिने बीउ बिजन बिक्रेता तालिम नवलपुरमा सम्पन्न