प्रिय धन , १९ भदौ २०७७ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका मा अब निषेधाज्ञा नहुने भएको छ । "पालिकामा अहिले कोरोना संक्रमित थपिएका छैनन् , अहिलेको लागि निषेधाज्ञा थप गर्दैनौं तर स्वास्थ्य सतर्कता अपनाउनु पर्छ " नगरप्रमुख चन्द्र बहादुर रानाले भने । मध्यविन्दु नगरपालिकामा पटक पटक गरी आज भदौ १९ गते मध्यरात १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र वहादुर रानाले निषेधाज्ञा थप नगरेको तर नगरवासीलाई सतर्क रहन आग्रह गरेको बताए । उनले भने " म सबै नगरवासीलाई सरल खानपान, सरल जीवन अपनाई हरेक क्षेत्रमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दछु । " नगरपालिका भित्र अहिले सम्ममा ६२ जनमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ५७ जना निको भएर घर फर्किसकेका छन् भने अहिले ५ जना सक्रिय संक्रमित उपचाररत छन् । उनीहरूमध्ये १ जना महिलालाई चितवन र बाँकी ४ पुरुषलाई रजहर स्थित प्राकृतिक चिकित्सालय को आइसोलेसनमा राखिएको स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पोख्रेलले जानकारी दिए । गत भदौ १७ गते सङ्कलन गरिएको ९२ नमूना श्वावको भने नतिजा आउना बाँकी छ ।
मध्यविन्दुमा निषेधाज्ञा नथपिने , स्वास्थ्य सतर्कता अपनाउन नगरप्रमुख रानाको आग्रह