पार्टी स्थापना भएको छोटो समयमा रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अनपेक्षित ढंगबाट अन्य पुराना दलहरू भन्दा लोकप्रिय मत सहित प्रतिनिधि सभा को चौथो ठूलो दल भए संगै अहिले उक्त दल सरकार मा सहभागी भएको छ । पार्टी सभापति रबि लामिछाने उपप्रधान तथा गृहमन्त्री सहित सरकार मा सहभागी हुन पुगेका छन् ।
प्रतिपक्ष मा बस्ने या सरकारमा जाने अन्यौलताका बिच कांग्रेस माओवादी गठवन्धन भत्किए लगत्तै नयाँ समीकरण बन्न पुगेको एमाले र माओवादी प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने सहभागी भएका हुन् । आम नागरिक को एजेन्डा सम्बोधन हुने प्रतिबद्धता भए सङै सरकारमा सहभागी भएको लामिछाने बताउछन् ।
रास्वपा सरकारमा सहभागी भए संगै विभिन्न ५ मन्त्रालय रास्वपाले दाबी गरेको छ । संगै मन्त्रालय बाड्फाड विषय क्षमता र विषय विज्ञ को अधार मा हुनु पर्ने मा रास्वपा सभापतिले जोड गरेका छन् ।
आफुहरु सङग प्रतिनिधि सभाको सांसद मा ३ चिकित्सक उपस्थिति कारण आफुहरुले ५ दाबी मन्त्रालय मध्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढी जोड रहेको उक्त पार्टीका एक जानकार बताउछन् । चिकित्सा क्षेत्र निर्वाचित हुनेहरु: डा. ढाका कुमार श्रेष्ठ, डा. चन्दा कार्की र डा. तोसिमा कार्की रहेकी छिन् ।
स्रोतका अनुसार "स्वास्थ तथा जनसंख्या मन्त्री यी तिनै जना सासदको नाम चर्चामा रहे पनि पार्टी स्थापना समय देखि डा. ढाका कुमार श्रेष्ठ पार्टी निर्माणमा एक बलियो खम्बाका रुपमा इमानदारीताको साथ महत्त्वपूर्ण भुमिका निर्वाह गरेका कारण पनि उनको संभावना बलियो रहेको बताउछन् ।
यद्यपि सत्ता साझेदार अन्य दलले समेत स्वास्थ तथा जनसंख्या मन्त्रालय मा दाबी गरिरहेका छन्। रास्वपा सभापतिले भने मन्त्रालय बाड्फाड विषय विज्ञ र क्षमता को अधार भयो भने रास्वपाले नै पाउने बलियो सम्भावना जस्तो देखिन्छन् । किन भने चिकित्सा क्षेत्रबाट निर्वाचित तीन सासद छन् ।
डा. ढाकाले पनि आफुलाई पार्टीले योग्य ठानेर स्वास्थ तथा जनसंख्या मन्त्रालय को जिम्मेवारि दिएको खण्डमामा पछि नहटने बताएका छन् । कुराकानीमा उनले भने " स्वास्थ क्षेत्रमा रहेको आम नागरिकको समस्या सङग आफू नजिक बाट जानकार भएको र उक्त समस्या हल गर्न आफू सङग प्रष्ट योजना रहेको बताए । स्वास्थ क्षेत्रको आमूल परिवर्तन गर्नको लागि पार्टीले अघि सारेमा जिम्मेवारी कुशलता पुर्व बहन गर्ने छु ।
यद्यपि तिनै जना आकांक्षीहरु भएमा पार्टी को भित्री बाट चुनिने प्राईमरी भोटिङ सिटम ले टुंगो लगाउने लगाउने छ।
अहिले सम्म भने एमालेको भाग अर्थ मन्त्रालय , माओवादी भागमा भौतिक पुर्वाधार मन्त्रालय , रास्वपाको भागमा गृह मन्त्रालय सहित चार विना विभागीय मन्त्रालय बाड्फाड भएको छ । अन्य बाकी मन्त्रालय भने प्रधानमन्त्रीले संसद बाट विश्वास को मत लिए पछि टुङ्गो लाग्नेछ ।