नवलपुर। अनेरास्ववियु नवलपुरको विवाद समाधान भएको छ।केही समय अघि दुई फरक समुहले जिल्ला अध्यक्ष र पदाधिकारी दावी गर्दै अखिल कमिटी घोषणा गरेको संन्दर्भमा जिल्ला नेतृत्व र प्रदेश स्तरिय नेतृत्वको समन्वयमा समस्या सामाधान भएको हो।यसअघि विष्णु पौडेल र सुरज सापकोटाको नेतृत्वमा फरक फरक समिती घोषणा गरिएकोमा विवाद समाधान भएर हाल विष्णु पौडेलको नेतृत्वमा नया कमिटी घोषणा गरिएको छ।नया कमिटिमा सचिवको रुपमा प्रशान्त शिग्देल रहेका छन भने सुरज सापकोटालाइ प्रदेश कमिटिको सह सचिबको जिम्मेवारी दिइएको पौडेलले जानकारी दिएका छन।अध्यक्षमा सर्वसहमत भएपछी पौडेलले नवलपुरका तमाम विद्यार्थीको हकहितका लागि काम गर्ने बताउदै आफुलाइ विश्वास गरि जिम्मेवारी प्रदान गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरेका छन।
अनेरास्ववियु नवलपुरको अध्यक्षमा पौडेल