कृष्ण पौडेल, नवलपरासी। २०५९ सालमा बसाइसराई गरी गुल्मी जिल्लाको अस्लेवा बाट पश्चिम नवलपरासीको सुनवलमा आउनुभएका टीकाराम पाण्डे मौरी पालनमा आत्मनिर्भर बन्नु भएको छ १२ वर्षअघि १ घार बाट सुरु गर्नुभएका टीकाराम पाण्डे अहिले ११५ घार मौरी रहेको र २०० घार बनाउने लक्ष्य रहेको पाण्डे बताउनुहुन्छ कैलाश पर्वत मौरीपालन केन्द्र नामांकन गरी नेपालभर म पठाउने गरेको टिकाराम पाण्डेले बताउनुभयो । पाण्डे नेपाल मौरी पालन कृषक नवलपरासीको अध्यक्ष हुनुहुन्छ भने पबित्र आश्रम बडेरा को अध्यक्ष भैरवी कृषि सहकारी संस्था उपाध्यक्ष र विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । पाण्डेलाई सामाजिक व्यक्तित्वको रुपमा पनि लिइन्छ। मौरी पालन कृषक पाण्डेलाई श्रीमती शान्ति छोरा सुमन बुहारी अनिता पाण्डेको पनि राम्रो सात रहेको टीकाराम पाण्डे बताउनुहुन्छ । छोरा सुमन पाण्डेले आफूसँग का साथीहरु अमेरिका अष्ट्रेलिया गएको र आफूले नेपालमै केहि गर्न पर्छ भनेर बाबालाई सात सपोट दिँदै मौरी पालनमा लागेको सुमन बताउँछन्। श्रीमान र बाबू बिहान देखि बेलुकीसम्म मौरी कै सेवामा लागेको र मौरीबाट राम्रो आम्दानी भएको टिकारामको श्रीमती शान्ति पाण्डे बताउनुहुन्छ । मौरीबाट वार्षिक १० लाख आम्दानी हुने गरेको टिकाराम पाण्डे ले गण्डकी आजलाई जानकारी दिनुभयो।
मौरी पालनबाट आत्मनिर्भर बन्दै सुनवल १३ बडेराका पाण्डे