कावासोती ,नवलपुर ।बालबालिकाको लागि अहिंसात्मक संचार तथा जिल्ला बाल संजालका प्रतिनिधि हरुलाइ बधाई दिने कार्यक्रम शनिवार सम्पन्न भएको छ।नेपाल बाल संगठन नवलपुर तथा सामाजिक विकास कार्यालय नवलपुरको संयुक्त आयोजनामा कावासोती २ मा रहेको हिकोडेफको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बाल संजालका अध्यक्ष सहित पदाधिकारी ,जिल्लामा रहेका पालिका स्तरीय बाल संजालका पदाधिकारीहरु लगायत नवलपुरका बाल क्लबका प्रतिनिधिहरु गरि ६४ जनाको सहभागीता रहेको थियो।नेपाल बाल संगठन नवलपुरको अध्यक्ष विष्णुदेवी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारि प्रमुख अतिथि ,सामाजिक विकास कार्यालय नवलपुरको प्रमुख ज्ञान प्रसाद भुसाल विशेष अतिथी लगायत अन्य सरोकारवालाहरु र आयोजक संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।संस्थाको सचिव केबि रानाले संचालन गरेको कार्यक्रममा संस्थाको उपाध्यक्ष लक्ष्मण सेनले स्वागत मन्तव्य राखेका थिए ।अहिंसात्मक संचारको विषयमा प्रशिक्षण मनिराम कंडेलले गरेका थिए भने सहायक प्रशिक्षकको रुपमा किरण भुर्तेले सहजिकरण गरेका थिए।
कार्यक्रममा प्रशिक्षक हरुले हामिले प्रयोग गर्दै आएको भाषाले हाम्रो संम्बन्धहरु सुधार गर्नुको साटो बिगारेको हुदा संचारलाइ अहिंसात्मक बनाएर सुमधुर गराउन सकिने र प्रभावकारी संचार भएमा समाजमा कुनै समस्या नआउने कुराको जानकारी दिएका थिए।कार्यक्रमको प्रमुख अतिथि सहायक जिल्ला अधिकारिले कार्यक्रम अत्यन्तै आवस्यक र प्रभावकारी भएको आफुले महसुस गरेको भन्दै बालबालिकाको विषयमा जुनसुकै सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको बताए।कार्यक्रमको अन्त्यमा बोल्दै नेपाल बाल संगठन नवलपुरको अध्यक्ष पाण्डेले नेपाल बाल संगठन बाल अधिकार संरक्षण तथा बालबालिकाको क्षमता अभिवृद्धिको बारेमा सधै तत्पर रहेको भन्दै आगामी दिनमा समेत यस्ता कार्यक्रम संचालन गरिने जानकारी दिइन।
बालबालिकाको लागि अहिंसात्मक संचार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न