कबड्डी सिरिज अघिल्लो एक, दुई ,तीन को तुलनामा फाइनल म्याच चारमा आएर निर्देशक रामबावु गुरुड॰ केही चुकेको देखिन्छ।फिल्मको सुरुवाट देखी अन्त्य सम्म मुख्य पात्र काजी (दयाह्याड॰ राई) उदास भुमिकामा देखिनु, अस्वाभाविक र जवरजस्त रुपमा झाकृलाई सहि बनाउन खोज्नु र अपत्यारिलो तरिकाले नायिका मिरुना मगर ३९ बर्षको बुढो काजीको पछी पछी लाग्नुले पुरै फिल्म खल्लो लाग्छ। अघिल्लो सिरिजमा राम्रो लागेको बिकेको प्रेम कहानी यसमा भने हलुवामा बालुवा जस्तो देखिन्छ। फिल्ममा सौगात मल्लको रोल र अभिनयले दर्शकलाई केही बेर तान्छ तर अन्तिममा न हिरो न भिलेन जस्तो गरी उनको क्यारेक्टरलाई देखाउदा उनको रोल अन्यायमा परे जस्तो देखिन्छ। समग्रमा उही अनुहार उस्ता उस्तै भुमिकामा दोहोरिरहदा आम दर्शकहरुलाई खल्लो र अचारमा कतै नुन नपुगेको जस्तो लागेको हुन सक्छ। दर्शकहरु जुन आशा र अपेक्षाले हल सम्म पुगेका थिए त्यसमा भने निर्देशक केही चुकेको देखिन्छ। त्यस्तै निर्देशकलाई पनि फाइनल म्याचमा सवैको क्यारेक्टरलाई न्याय दिइ सिरिज सिध्याउनु पर्ने बाध्यता जस्तो देखिन्छ। यही बाध्यतामा आम दर्शक पिसियको अनुभूति गर्न सकिन्छ।
कबड्डी चार अचारमा नुन नपुगे जस्तो- ध्रुर्व जंग थापा ( गण्डकी आज)